काठमाडौं । आज पनि एसीसी बिरुद्ध सडक आन्दोलन हुने भएको छ । चित्रबहादुर केसी नेतृत्वको राजमो नेपालसहित मोहन बैद्य किरणको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित साना बामपन्थी दलले एमसीसी बिरुद्धको आन्दोलन निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोललाई निरन्तरता दिने भएका हुन ।
देशैभरी बिरोध प्रदर्शन गर्ने तयारी गरेको साना बामपन्थी दलले काठमाडौं उपत्यकामा माइतिघर मण्डलावाट बिरोध प्रदर्शनसहित नयाँ वानेश्वरस्थित संसद भवन घेराउ गर्ने देखी देशव्यापी रुपमा सवै जिल्लामा जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेको छ ।
‘नेपाली जनताको एमसीसी बिरुद्धको संघर्ष गम्भिर मोडमा पुगेको निष्कर्ष बैठकले निकालेको छ’ भन्ने उल्लेख गर्दै साना बामपन्थी दलले अमेरिकन राजदुत ¥यान्डी बेरीको टविट, चीनका बिदेश बिभागको पत्रकार सम्मेलनवाट ब्यक्त धारणा र देउवा सरकारको एमसीसी संसदमा टेबुल गनगरी पारित गराउने अन्तिम कसरतले उक्त बिषयलाई पुष्टी गरेको साना बामपन्थी दलको निष्कर्ष रहेको छ ।