काठमाडौं । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा रहेको ओलीको कार्यकक्षमा अध्यक्ष प्रचण्ड र ओलीको भेटवार्ता भैरहेको प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच पनि भेटवार्ता भएको हो । ओलीको कार्यकक्षबाट देउवा निस्किएलगत्तै माओवादी केन्द्र अध्यक्ष दाहाल ओलीसँग भेट गरेका हुन् । एमसीसी, संसदको गतिरोध अन्त्यसहितका विषयमा शीर्ष नेताबीच भेटवार्ता भइरहेको छ ।
एमसीसीबारे छलफल गर्न बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएपछि प्रमुख दलका शीर्ष नेताबीच निरन्तर भेटवार्ता चलिरहेको छ ।