काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रतिनिधि सभामा पेस भएको एमसिसी पारित गर्नका लागि सहयोग माग्न देउवा बालकोट पुगेका हुन् ।
काँग्रेसतर्फबाट सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र महामन्त्री गगनकुमार थापा छन् भने एमालेतर्फबाट ओली, महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी छन् ।
आज बिहान देउवा र ओलीबीच भेट हुने भनिए पनि ओली पोखरा गएकोले भेट भएको थिएन।
यसअघि प्रधानमन्त्रीसहित काँग्रेस नेताहरू र ओलीसहित एमालेका नेताहरू बिहीबार पनि छलफलमा थिए । भेटमा दुवै पक्षका नेताहरू सहभागी छन् ।