काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद हेरफेरको सम्भावना रहेको बताएका छन्। प्रचण्डले मन्त्रीपरिषद हेरफेर बारे कुराकानी भइरहेको तर औपचारिक निर्णयमा पुगिनसकेको बताए।
आज जनकपुरमा पुगेका प्रचण्डले पत्रकारसँग भने, ‘मन्त्रिपरिषदमा हेरफेरको कुरा त चलेको छ, तर अहिलेसम्म औपचारिक ढंगले टुंगिएको छैन । मन्त्रिपरिषद र मन्त्रालय हेरफेरको सम्भावना छ।’ उनले केही नयाँ मन्त्री आउन सक्ने बताए । ‘केही केही आउने सम्भावना छ। मैले प्रधानमन्त्रीसँग भनिरहेको छु- ठूलो त्याग माओवादीले गरेको छ गठबन्धनका लागि। जति पाउनुपर्ने त्यति मन्त्रालय माओवादीले पाएको छैन,’ उनले भने, ‘प्रधानमन्त्रीले महाधिवेशनसम्म सहयोग गर्नुपर्यो भन्नुभएको र माधव नेपालजीले पनि हामी नयाँ छौं सहयोग गर्नुपर्यो भन्नुभएको हो। मन्त्रिपरिषद हेरफेरको अवस्था आए हाम्रो हैसियतअनुसार मन्त्रालय चाहिन्छ। यसमा प्रधानमन्त्री सहमत पनि हुनुहुन्छ।’
प्रचन्डले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रचण्डले बालुवाटारमा भेटवार्ता गरेका थिए।