काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको केन्द्रीय तदर्थ कार्यसमितिको सभापतिमा नयाँ नेतृत्व आएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले नेविसंघको सभापतिमा काठमाडौंका दुजाङ शेर्पा र तरुण दलको सभापतिमा पर्वतका विद्धान गुरुङलाई नियुक्त गरेका हुन् ।
केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ गतेको बैठकको निर्णय अनुसार सभापति देउवाले रिक्त रहेको भ्रातृ संस्थामा नियुक्त गरेका हुन् ।
पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएअनुसार तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नु पर्नेछ ।
