काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले भ्रमणका लागि आज छिमेकी राष्ट्र भारत जाँदै छन् । मन्त्री आले भारतीय सरकार तथा वीङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको एक कार्यक्रममा सहभागी हुन भारत जान लागेका हुन् ।
शुक्रबार भारतको हैदरावादमा हुने उक्त कार्यक्रमको उद्धघाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने तय भएको बताइएको छ ।
उक्त कार्यक्रममा विभिन्न राष्ट्रका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सहभागी हुने भएको छ भने मन्त्री आलेले नेपालको पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयनका क्षेत्रमा धारणा राख्ने भएका छन् ।
कार्यक्रममा मन्त्री आलेले नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउन तथा भारतसँग सिमान जोडिएका यहाँका विभिन्न विमानस्थलमा हवाई रुट खोल्नेलगायत आवश्यक सहयोगका लागि भारत सरकारसँग आग्रह गर्ने कार्यक्रम तय भएको छ ।