November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

भ्रातृ संस्थाको तदर्थ समिति गठनका विषयमा आफूनिकट नेताहरूसँग कोइरालाको छलफल

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले भ्रातृ संस्थाको तदर्थ समिति गठनका विषयमा आफूनिकट भ्रातृ संस्थाका नेताहरूसँग छलफल गरेका छन् । बुधबार आफूनिकट पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग भ्रातृ संस्थाको तदर्थ समिति गठनबारे कोइरालाले छलफल गरेका थिए ।

छलफलअघि कोइरालाले सभापति देउवालाई फोन गरेर पार्टीभित्र छलफल गरेर मात्रै तदर्थ समिति गठन गर्न सुझाव दिएका थिए । तर, सभापति देउवाले बुधबारै नेपाल विद्यार्थी संघमा दुजाङ शेर्पा र नेपाल तरुण दलमा विद्वान् गुरुङलाई मनोनीत गरेपछि कोइराला समूह असन्तुष्ट बनेको हो ।

नेता कोइरालाले बिहीबार नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका पूर्वअध्यक्ष, पदाधिकारी र सदस्यहरूलाई बोलाएर छलफल गरेका थिए । सो क्रममा वक्ताहरूले सभापति देउवा पक्षले धेरै पेलेको अवस्थामा आवश्यक परे समानान्तर समिति गठन गरेर भए पनि अघि बढ्नुपर्ने सुझाव दिएका हुन् ।

Advertisement

कार्यक्रममा नेता चन्द्र भण्डारी, केन्द्रीय सदस्यहरू प्रतिमा गौतम र गोविन्द पोखरेल, नेविसंघका पुर्वअध्यक्षहरू गुरुराज घिमिरे र केशव सिंह, पूर्वमहामन्त्री मनोजमणि आचार्य, नेतृहरू रिना खनाल, कमला थापा, रिना उप्रेती लगायत थिए ।