काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चितवनमा नेताहरुलाई तालमेल नगरी चुनाव जितेर देखाउन चेतावनी दिएका छन् ।
शुक्रबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा चितवनका केन्द्रीय सदस्यद्वय दिनेश कोइराला र टेकबहादुर गुरुङले नेकपा मात्र होइन, एमाले समेत फुटेका बेला एक्लै चुनाव लड्नुपर्ने बताएका थिए । नेकपा एक हुँदा धरान उपमहानरगपालिकाको उपचुनाव जितेको भन्दै उनीहरुले भनेका थिए, ‘तालमेल नगरी चुनाव जित्न सकिन्छ ।’
त्यसको जवाफ फर्काउँदै देउवाले चितवनमा तालमेल नगरी चुनाव जितेर देखाउन बताएका हुन् ।