काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज मोरङको विराटनगर जाने भएका छन् । देउवा चुनावी सभालाई सम्बोधन गर्न विराटनगर जान लागेका हुन् ।
प्रधानमन्त्री देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मालगायतले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
काँग्रेसले आजबाट साताव्यापी चुनावी आमसभा सुरु गर्न लागेको हो । काँग्रेसले देशका प्रमुख १० सहरमा साताव्यापी चुनावी सभा आयोजना गर्दैछ ।
चुनावी सभालाई सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, प्रवक्ता प्रकाशशरण महत लगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।