बुटवल । शहरी विकास मन्त्री समेत रहेकी नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीले पूरा हुन नसक्ने सपना बाँडेर जनतालाई झुक्याएको बताएकी छन् ।
शनिबार बुटवलमा सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभामा बोल्दै झाँक्रीले स्याटलाइटमा आकाश किन्ने, चन्द्रमामा भ¥याङ लगाउने, चुच्चे रेल ल्याउने जस्ता झुटो र पूरा नहुने सपना बाँडेर जनता झुक्याएको आरोप लगाएकी हुन् ।
मन्त्री झाँक्रीले ठूला–ठूला गफ भन्दा वास्तविक धरातलमा उभिएर देश सुहाउँदो सीमित साधनबाट असीमित चाहनालाई पूरा गर्ने गरी योजना बनाउनुपर्ने बताइन् ।
एमालेतर्फ लक्षित गर्दै झाँक्रीले पटक–पटक भोट हालेर नेतृत्वमा पु¥याउँदा पनि सुकुम्वासी, अव्यवस्थित बसोबासी र आम नागरिकको समस्या ज्यूँका त्यूँ राख्ने दललाई चिन्ने बेला आएको बताइन् । गलत काम गर्दा गलत भनेर भन्न नसक्नेहरु परिवर्तनकारी हुन नसक्ने उनको भनाइ थियो ।