November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

स्थायित्वका लागि गठबन्धनलाई जिताउनु पर्छ: प्रधानमन्त्री देउवा

पोखरा । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो दललाई गठबन्धन आवश्यक भएको बताएका छन् । आइतबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धन सबभन्दा आवश्यकता रहेको बताएका हुन् ।

देउवाले गठबन्धन बनेपछि पोखराको अवस्था फेरिएको बताए । उनले भने, ‘गठबन्धन बन्नु अगाडि कस्तो अवस्था थियो ? आज काँग्रेसको नेतृत्वमा सरकार छ, सबै पार्टी सहभागी भएका छन् । त्यसकारण काँग्रेसका साथीहरुबाट गठबन्धनलाई शंका उपशंका गर्ने काम गर्नु हुँदैन ।’

यस्तै, देउवाले ओलीले संसद भंग परेपछि गठबन्धन बनेको र अरु दल उदार भएर काँग्रेसलाई सरकारको नेतृत्वमा ल्याएकाले गठबन्धनलाई सफल पार्नु आफूहरुको कर्तव्य भएको बताए । गठबन्धन बचाउन पोखरा महानगर मात्र होइन, सबै पालिकामा गठबन्धनका उम्मेदवारहरु विजयी हुन जरुरी रहेको पनि उनले बताए । देउवाले भने, ‘स्थायित्व स्थिरताका लागि गठबन्धनलाई जिताउनु पर्छ । ओलीले जित्यो भने संसद भोलि नै भंग गरिदिनसक्छ ।’

Advertisement