काठमाडौं । मतदातालाई पैसा बाँडिरहेको अवस्थामा एमालेका एक उम्मेदवारलाई प्रहरीले नियन्त्रण गरेको छ । बुधबार राती १ लाख १ हजार रुपैयाँ सहित गुर्भाकोट नगरपालिका–११ का वडा अध्यक्षका उम्मेदवार राजन विसीलाई सुर्खेत प्रहरीले नियन्त्रणका हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिसीले मतदातालाई सोही वडाको एक बस्तीमा पैसा बाँडेको सूचना आएपछि प्रहरीले राती नै छापा हानेको थियो । प्रहरीले खानतलासी गर्दा बिसी पुगेको घरमा १ लाख १ हजार रुपैयाँ झोलामा राखेको नगद फेला परेको थियो ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।