काठमाडौं । मनाङ जिल्लाका चार पालिकाको नतिजा सार्वजनिक भएको छ । मत परिणाम अनुसार जिल्लामा दुईवटा पालिका नेकपा एमाले र दुईवटामा नेपाली काँग्रेस विजयी भएको छ ।
जिल्लामा चामे र मनाङ डिस्याङ गाउँपालिका प्रमुख एमालेले जितेको छ भने नेपाली काँग्रेस नार्पा र नाँसो गाउँपलिकामा विजय भएको हो ।
चामे र मनाङ डिस्याङ लोकेन्द्र घले र कान्छा घले अध्यक्ष भएका हुन् भने नार्पा र नाँसो गाउँपलिकामा कोन्जो तेन्जिङ र धनबहादुर गुरुङ निर्वाचित भएका हुन् ।