November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस विजयी

काठमाडौं । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका प्रकाश तिवारी र उपाध्यक्षमा सपना गुरुङ विजयी भएका छन् । अध्यक्षमा तिवारीले एमालेका चीनमाया गुरुङलाई एक हजार ९४४ मतान्तरले पछि पारेका हुन् ।

तिवारीले पाँच हजार २९१ मत प्राप्त गर्दा गुरुङले तीन हजार ३४७ मत ल्याए । विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट गुरुङ उपप्रमुखमा विजयी भएका थिए ।

त्यस्तै उपप्रमुखमा काँग्रेसकै सपना गुरुङ विजयी भएकी छन् । गुरुङले एमालेका टङ्कप्रसाद खनाललाई एक हजार ६० मतले पराजित गरेकी हुन् । गुरुङले चार हजार ८२७ मत ल्याउँदा खनालले तीन हजार ७६७ मत प्राप्त गरिन् ।

Advertisement