November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

सप्तरीको कन्चनरुप नगरपालिकाको मेयर र उपमेयरमा काँग्रेसका उम्मेदवार निर्वाचित

राजविराज । सप्तरीको कन्चनरुप नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा ललनप्रसाद गुप्ता र उपमेयरमा मुनाकुमारी पोखरेल निर्वाचित भएका हुन् ।

गुप्ताले ७ हजार ८ सय ८९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका भोलाकुमार पासमानले ५ हजार ७ सय ४ मत प्राप्त गरे ।

यस्तै उपमेयरमा मुनाकुमारी पोखरेलले ५ हजार ५ सय ४७ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी कल्पना चौधरीले ५ हजार ५ सय ४७ मत पाइन् ।

Advertisement