November 10, 2026, Tuesday
२०८३ कार्तिक २५
1:37:26 pm

नेपालको प्रजातान्त्रिक आन्दोलनमा आदिवासीको भूमिका महत्वपुर्ण छ: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासीको हकहितका साथै भाषा संस्कृतिको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । मंगलबार २८ औँ विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हसन् ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा आदिवासीको भूमिका महत्वपुर्ण रहेको भन्दै आदिवासीको हकहितका साथै भाषा संस्कृतिको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

यस्तै, प्रधानमन्त्री देउवाले संविधानमा उल्लेख समानुपातिक समावेशिताको विषयलाई व्यवहारलाई उतार्न पनि आफूले पहल गरेको जानकारी दिए । आदिवासी जनजातिको पहिचान गरी राज्यको मूलधारमा ल्याएर राष्ट्रको विकासमा उनीहरूको योगदानलाई थप उच्च बनाउन जरुरी रहेको उनको भनाई छ ।

Advertisement

प्रधानमन्त्री देउवाले संविधानले आदिवासी जनजाति समुदायको विकास र समृद्धिका लागि छुट्टै आयोगको व्यवस्थासमेत गरेको जानकारी दिए । उनले विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिन गरेको मागलाई आफूले पूरा गर्ने आश्वासन दिए ।