काठमाडौं । नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी २८ औं विश्व आदिवासी दिवस मनाइएको छ । विश्व आदिवासी दिवसको आवसरमा नेपालका आदिवासी जनजातिहरुले आज कार्यक्रमहरुको आयोजना गरेको हो ।
काठमाडौंमा नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा प्रज्ञा भवन कमलादीमा औपचारिक कार्यक्रम आयोजना गरिएको छ । उक्त समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवासमेत सहभागी भएका थिए ।
औपचारिक कार्यक्रमअघि मध्याह्न महासंघ सम्बद्ध तामाङ, मगर, नेवार, गुरुङ, थारु, राई, लिम्बु, शेर्पालगायत जातीय संघ संस्थाले भृकुटीमण्डपबाट सांस्कृतिक ¥याली निकालेका थिए ।
हरेक वर्ष अंग्रेजी पात्रोअनुसार अगस्ट ९ तारिख विश्व आदिवासी दिवस मनाउने गरिन्छ ।