November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

नेपाल भूतपूर्व सैनिक तथा प्रहरी समाजवादी संगठन विस्तारमा

काठमाडौं । नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी)को संगठन विस्तार, सदस्यता वितरण तथा संगठन सुदृढीकरण अभियानले तीव्रता छाएको छ ।

सङ्गठनले सञ्चालन गर्दै आएको दुई महिने संगठन विस्तार, सदस्यता वितरण तथा संगठन सुदृढीकरण अभियान अन्तर्गत लुम्बिनी प्रदेशको प्रथम सम्मेलन भदौ २५ गते बुटवलमा सम्पन्न गर्ने भएको छ भने भदौ २७ गते कर्णाली र सुदुरपश्चिम प्रदेश तथा जिल्ला कमिटि गठन कार्यक्रम वीरेन्द्रनगरमा हुने कार्यक्रम तय गरिएको छ । यस्तै सुदुरपश्चिम प्रदेश र जिल्ला कमिटी गठन कार्यक्रम भदौ २९ गते पार्टीको प्रदेश कार्यालय धनगढीमा हुने भएको नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी)का केन्द्रीय अध्यक्ष धनबहादुर कार्कीले बताए ।

नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) को सचिवायद्वारा दिएको जिम्मेवारीलाई सोही अनुसार भूगोलमा पुग्न मातहतका सबै निकायहरूलाई प्रदेश अन्तर्गत पर्ने जिल्लाको जिम्मेवारी बहन गर्ने इन्चार्जहरूले आआफ्नो जिम्मेवारी र दायित्व पूरा गर्न सचिवालयले अनुरोध गरेको छ । कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

Advertisement

साउन १० वाट असोज ९ सम्म सञ्चालन भएको उक्त अभियान अन्तर्गत हालसम्म २३ वटा जिल्ला ५ वटा प्रदेश १६ वटा नगरमा कमिटी गठन भएको जानकारीमा आएको छ ।