काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सोमबार अपरान्ह प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रचण्ड दौरा सुरुवालमा चिटिक्क परेर शपथ लिन पुगेका थिए ।
स्रो पटक प्रधानमन्त्री भएका उनले यसअघि कोट, सट, पाइन्ट र टाइमा सजिएर जाने गरेका थिए । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, माधवकुमार नेपाल, डा.बाबुराम भट्टराईलगायतका विशिष्ट व्यक्तित्वहरू समारोहमा उपस्थित थिए ।
प्रधानमन्त्रीको शपथग्रहणका लागि राष्ट्रपति भवनको प्राङ्गणलाई झकिझकाउ बनाइएको थियो । समारोहमा भाग लिन आउनु हुने विशिष्ट पाहुनाका लागि अग्रस्थानमा र अन्य पाहुनाका लागि दायाँ बायाँ बस्ने व्यवस्था मिलाइएको थियो ।