August 26, 2026, Wednesday
२०८३ भाद्र १०
1:37:26 pm

सरकार गरिब, मजदुर, किसान र उत्पीडित वर्गविरुद्ध छ: प्रचण्ड

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान बालेन शाह नेतृत्वको सरकार गरिब, मजदुर किसान, उत्पीडित वर्ग विरोधी रहेको आरोप लगाएका छन् ।

शुक्रबार पार्टी कार्यालयमा डिजिटल सदस्यता वितरण कार्यक्रमको शुभारम्भ गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने- ‘नीति कार्यक्रम, बजेट र अन्य निर्णयले यो सरकार नेपालका सबै गरिब, मजदुर, किसानका र उत्पीडित वर्गका विरुद्ध छ भन्ने प्रस्ट देखिन्छ । ऊ उच्च वर्गको हित रक्षा गर्नेमा केन्द्रित छ भन्ने प्रस्ट देखिन्छ ।’

प्रचण्डले जनताका मौलिक र ट्रेड ‘युनियन अधिकारका लागि सबै मोर्चाबाट आवाज उठाउने प्रयासमा रहेको बताए । ‘सदनमा सबै प्रतिपक्षलाई एक ठाउँमा ल्याएर र सडकमा पनि बिस्तारै यी विषय लैजानुपर्नेछ । समावेशिता र सङ्घीयतामा लडेका पार्टीहरूलाई कमजोर पार्ने गरिरहेका छन् । प्रतिक्रियावादीहरुले चालेको कचिङल, झमेला र भ्रम पैदा गर्ने प्रयासमा पार्टीकै केही साथीहरू जान लागेका छन् ।’ 

Advertisement