विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को १ हजार ४ सय ९९ जनाको कोशी प्रदेश समिति अनुमोदन भएको छ । विराटनगरमा शुक्रबार बसेको प्रदेशको एकता बैठकले उक्त सदस्यसहितको प्रदेश समिति अनुमोदन गरेको हो ।
समितिमा मनोनीत सबैलाई नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ गराएका छन् ।
नेकपा प्रदेश कमिटीका संयोजक हर्कबहादुर नेम्बाङले प्रस्ताव गरेपछि उक्त सङ्ख्यालाई बैठकमा उपस्थित प्रतिनिधिहरूले ताली बजाएर अनुमोदन गरेका थिए । संयोजक नेम्बाङले बैठकमा छलफल र स्वीकृतिका लागि आठ वटा एजेन्डा पेस गरेका थिए ।