August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

वीरेन्द्रनगरमा महेश बस्नेतविरुद्ध प्रदर्शन

काठमाडौं । सुर्खेतकाे वीरेन्द्रनगरमा एमाले नेता महेश बस्नेतविरुद्ध प्रदर्शन गरिएको छ। पार्टीकाे भातृ संगठन राष्ट्रिय युवा संघकाे जागरण अभियानमा सहभागी हुन सुर्खेत पुगेका बस्नेतविरुद्ध एक समूहले प्रदर्शन गरेका हुन्।

जिल्ला समन्वय समितिकाे हलमा आयाेजित युवा संघकाे कार्यक्रमलाई सम्बाेधन गर्न मंगलबार बिहान ९ बजेतिर नेता बस्नेत बिमानस्थल पुगे लगत्तै नाराबाजी गर्दै उक्त समूह प्रदर्शनमा उत्रिएकाे हाे ।

नेता बस्नेतसहित एमाले उपमहासचिव प्रदीप ज्ञवाली, युवा संघका अध्यक्ष क्षितिज थेबे, वकिल बमलगायत नेताहरु सुर्खेत पुगेका छन् ।

Advertisement


जिसस हलमा युवा संघकाे कार्यक्रम चलेकाे छ भने वीरेन्द्रनगर नगरपालिका अगाडि नाराबाजी भइरहेकाे छ ।

एमालेले पनि युवाकाे ठूलाे समूह भेला गराएकाे छ भने स्थानीय प्रशासनले बाहिर बाक्लाे संख्यामा सुरक्षाकर्मी परिचालन गरेकाे छ ।