November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

आउने निर्वाचनमा जसपालाई बैकल्पिक निर्णायक शक्ति बनाउन जनजागरण कार्यक्रम संचालन

कुम्मायक, ९ असोज । जनता समाजवादी पार्टी जिल्ला समन्वय समितिलेसङ्गठन सुदृढीकरण तथा जनजागरण सुज अभियान कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार पाचथरको सदमुकाम फिदिममा भएको सो सुज अभियान कार्यक्रममा पार्टीलाई अब आउने निर्वाचनमा जनता समाजबादी पार्टीलाई मुलुकमा बैकल्पिक निर्णायक शक्ति बनाउन जनजागरण कार्यक्रम संचालन लागिएको जनाइएको छ ।

‘संघियता सुशासन समृद्धि र समाजवाद’ भन्ने नाराका साथ बैचारिक स्तर अभिबृद्धि नेतृत्वलाई गाउँ–गाउँ टोलटोलका स्थानीय तहसम्म लानुपर्ने सुज अभियान कार्यक्रममा बताइएको छ ।

Advertisement

जनता समाजवादी पार्टी केन्द्रीय कार्यकारीणि समिति सदस्य तथा सुज अभियानका पाँचथर सम्योजक रणध्वज कन्दङ्वाको अध्यक्षतामा प्रदेस अध्यक्ष प्रविण चाम्लिङ, लिम्बुवान रास्ट्रीय समिति अध्यक्ष खगेन्द्र माखिम, केन्द्रीय सदस्यहरू दिपेन्द्र आङ्देम्बे, प्रेमराज लावती, मचिन्द्र बेघा जिल्ला महिला उपाध्यक्ष भावना इङ्वा लगायत नेताहरूको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा ८ वटै गाउँ पालिकाका पार्टीका संयोजक तथा सक्रिय सदस्यले सुज अभियान कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने भन्ने बिषयमा समेत छ्लफल भएको थियो ।