November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

नेपाल–भारत सम्बन्धलाई सुदृढ गरे मात्रै नेपालमा राजनीतिक स्थायित्व र विकासको वाताबरण बन्न सक्छ– प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत सम्बन्धका आयाम धेरै भएको बताउदै नेपाल–भारत सम्बन्ध सुदृढ गरेरमात्रै नेपालमा राजनीतिक स्थायित्व र विकास सम्भव हुने बताएका छन् । सोमबार नेपालका लागि भारतीय पूर्व राजदूत रञ्जित रेको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

‘नेपाल भारत सम्बन्धलाई सुदृढ गरेरमात्रै नेपालमा राजनीतिक स्थायित्व र विकासको वाताबरण बन्न सक्छ भन्ने कुरामा पनि हामी कसैमा दुविधा छैन, तर त्यसो गर्दा हामीले आजको २१ शताब्दीको विकासको स्थिति र त्यसले पैदा गरेको मनोविज्ञान र दुवै देशको चासोहरु के हुन् ? त्यो बुझ्नुपर्छ ।’, प्रचण्डले भने ।

त्यसैगरी उनले भारतीय बुद्धिजीवीहरुले बुद्ध नेपालमा जन्मेका हुन् भन्दा र नेपाली पक्षले बुद्धले भारतमा बुद्धत्व प्राप्त गरेका हुन् भन्दा खुसी हुनुपर्ने बताए । त्यसरी विश्लेषण गर्न सके नेपाल भारतबीचका सीमा लगायतका समस्या समाधान गर्न सकिने भन्दै उदार मनसहित त्यसो गर्न सके सीमा लगायतका समस्या समाधान गर्न सकिने समेत बताए ।

Advertisement