काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी किमिटिको बैठक सुरु भएको छ । बैठक बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको माओवादी केन्द्रका स्थायी समितिका एक सदस्यले जानकारी दिए ।
जानकारी अनुसार आजको बैठकमा पार्टीको सम्मेलन प्रस्तुत गरिने पार्टीका विधान, प्रतिवेदन, सम्मेलनको व्यवस्थापन, प्रतिनिधि छनोटको मापदण्ड लगायतका विषयमा छलफल हुनेछ । त्यस्तैगरी बैठकमा पार्टीको आसन्न राष्ट्रिय सम्मेलनका विषयमा छलफल हुने जनाइएको छ ।
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।