पोखरा । स्थानीय तहको निर्वाचनमा स्वतन्त्र अभियान चलाएका ‘अटेरी’का अभियन्ता अशोक खड्का पक्राउ परेका छन् । चुनाव चिह्नको विषयमा विवाद भएपछि शनिबार अटेरी समूहको प्रदर्शनको क्रममा उच्छृङ्खल क्रियाकलाप र गालीगलौज गरेको भन्दै खड्कालाई प्रहरील पक्राउ गरेको हो ।
खड्कालाई मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराबाट पत्र आएपछि नियन्त्रणमा लिइएको प्रहरीले बताए ।
अटेरीका उम्मेदवारलाई शनिबार लौरो चिह्ह दिइएको तर पछि खोसिएपछि विरोधमा अटेरी समूहले प्रदर्शन गरेको थियो । त्यसक्रममा खड्काले अटेरी अभियानले लौरो चुनाव चिह्न पाए पहिलो लौरो निर्वाचन अधिकृतलाई हान्नुपर्छ भन्दै धम्क्याएका थिए ।
निर्वाचन कसुर ऐन २०७३ को दफा २० उपदफा १ को खण्ड ’घ’ मा निर्वाचन अधिकृत वा निर्वाचनमा संलग्न कर्मचारीलाई धाकधम्की डरत्रास देखाएमा एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।