November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

विज्ञहरुको सल्लाहमै काठमाडौंलाई निर्माण गर्ने गर्छौं: सिर्जना सिंह

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा काँग्रेस उम्मेदवार सिर्जना सिंहले बुद्धिजीवीसँग सहकार्य गरेर नै काठमाडौं सुधार्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार सिहँहले काठमाडौंलाई काठमाडौं जस्तो बनाउनका लागि कुनै स्वार्थ नराखी आफ्नो र अर्को नभनी व्यवस्थापन गर्ने समेत बताइन् ।

आज काठमाडौंमा बुद्धिजीवीहरुको भेलालाई सम्बोधन गर्दै सिंहले आफ्नो पेशा र क्षेत्रका विज्ञहरुको सल्लाहमै काठमाडौंलाई निर्माण गर्ने अभिभारा सम्हाल्ने समेत पनि बताइन् । उनले भनिन्, ‘काठमाडौं महानगरमा शिक्षा, स्वास्थ्य र स्वच्छ सफा काठमाडौं नै प्रमुख एजेन्डा हो ।’ उनले मेयर भएकै दिनदेखिनै सबैसँग सहकार्य गरेर आगाडि बढ्ने समेत बताइन् । काठमाडौंको आाफ्नै मौलिकता रहेकोले यो लोप हुनबाट बचाउने र काठमाडौं समृद्धि दिने काम हाम्रो काँधमा आएको सिंहको भनाइ छ ।

यस्तै, काठमाडौंमा सुविधासम्पन्न अस्पताल खोलेर महानगरबासीलाई सहुलियतमा स्वास्थ्य सेवा दिने सिंहले घोषणा पनि गरिन् । ‘महानगरमा अस्पताल खोलेर दिनदुःखी र जेष्ठ नागरिकलाई निशुल्क उपचार दिने छौ,’ सिंहले भनिन् ।

Advertisement