काठमाडौं । नवगठित नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलालाई प्रहरीले छोडेको छ । बिहीबार बिहान ४ बजेदेखि दाङको इलाका प्रहरी कार्यालय भालुवाङमा राखिएको उनलाई सात घन्टापछि छोडेको हो ।
बास्तोलालाई उनीसँगको छलफल र उनको पार्टीले चुनाव बिथोल्ने कुनै योजना नभएको र पार्टीले पनि चुनाव बहिष्कार नगर्ने विज्ञप्ति निकालेपछि केहीबेर अघि छोडिएको दाङ प्रहरीले जनाएको छ ।
यसअघि उक्त पार्टीका नेता सुदर्शनले विज्ञप्ति जारी गर्दै स्थानीय चुनावको सशस्त्र बहिष्कार गर्ने नीति नभएकाले बास्तोलालाई रिहा गर्न माग गरेका थिए ।
विज्ञप्तिअनुसार बास्तोला पोखराको प्रशिक्षण सकेर बाँकेतिर जाँदै थिए ।