इलाम । इलाम नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा काँग्रेसका केदार थापा र उपमेयरमा विष्णु दाहाल लिम्बु विजयी भएका हुन् ।
थापा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धिरेन चेम्जोङलाई पराजय गरी विजयी बनेका हुन् । थापाले १३ हजार १ सय ६५ मत प्राप्त गरे भने चेम्जोङले १० हजार ५ सय ८७ मत ल्याए ।
त्यस्तै, उपमेयरमा विष्णु दाहाल लिम्बुले १३ हजार ५ सय ४२ मत प्राप्त गरिन् भने एमालेकै सीतादेवी रिजालले १००८८ मत ल्याएकी छन् ।