November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

अभिनेता अनुपविक्रम शाही नेपाली काँग्रेस प्रवेश

काठमाडौं । अभिनेता अनुपविक्रम शाही नेपाली काँग्रेस प्रवेश गरेका छन् । शाहीलाई शुक्रबार बिहान एक कार्यक्रमकाबीच गृहमन्त्री एवं काँग्रेस नेता बालकृष्ण खाणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता पनि दिएका हुन् । ।

मन्त्री निवास पुल्चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरु महेन्द्र यादव, उदय शम्शेर राणा, जितजंग बस्नेतका साथै अध्यक्ष विद्वान गुरुङलगायत उपस्थित थिए ।

दुई दर्जन बढी चलचित्रमा अभिनय गरेका अभिनेता शाहीले लोकतन्त्र र जनताको अधिकारका लागि काँग्रेसले गरेको योगदान बुझेर पार्टी प्रवेश गरेको बताए । यस्तै, उनले आफू युवा भएकाले तरुण दलमार्फत् युवाका पक्षमा काम गर्न चाहेको बताए ।

Advertisement