November 10, 2026, Tuesday
२०८३ कार्तिक २५
1:37:26 pm

मेटमणि चौधरी भन्छन् : विकासका लागि भोट दिनुहोस

२०७९ कार्तिक १२

दाङ । सहरी विकास मन्त्री एवं दाङ–१ का सत्ता गठबन्धनका साझा उम्मेदवार मेटमणि चौधरीले विकासका लागि हो भने आफूलाई निर्धक्क भोट हाल्न अनुरोध गरेका छन् ।

बुद्धिजीविहरूसँग कुरा गर्दै शुक्रबार मन्त्री चौधरीले भने,, ‘म सधैँ सांसद हुँला वा नहुला , म फेरि मन्त्री हुँला वा नहुँला तर यदि तपाईंहरु यस क्षेत्रको विकास चाहनुहुन्छ भने मलाई निर्धक्क भोट हाल्नुहोस् । जनताको काममा, जनताको विकासको चाहना पुरा गर्न जहिल्यै लागिपरेको छु । म सांसद हुँदा मैले सुरु गरेका विकासका योजनाहरू, मेरो काम गर्ने शैली, मेरो बानी व्यहोरा सबै तपाईँहरूलाई थाहै छ । मैले विकासका काममा कहिल्यै पक्षपात गरिनँ । र अब पनि गर्ने छैन ।’

राजनीति गर्ने मान्छे सरल, सहज र इमानदार हुनुपर्ने बताउँदै मन्त्री चौधरीले आफूले सधैँ त्यसतर्फ ध्यान दिएको बताए । जनतासँग ठुला कुरा गर्ने, जनतालाई होच्याउने मान्छे नेता पनि हुन नसक्ने भन्दै उनले सबैलाई समेटेर अगाडि बढ्ने आफ्नो बानी रहेकाले पनि सबैको साझा उम्मेदवार बनेर चुनावी मैदानमा उभिएको बताए ।

Advertisement