November 10, 2026, Tuesday
२०८३ कार्तिक २५
1:37:26 pm

ओली राजा महेन्द्र बन्न खोज्नुभयो, त्यसको परिणाम हो गठबन्धन: कृष्णप्रसाद सापकोटा

२०७९ कार्तिक १२

काभ्रेपलान्चोक । नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य तथा काभ्रेका वरिष्ठ नेता कृष्णप्रसाद सापकोटाले घोषणापत्रमा उल्लेख्य भएको कुरा नेकपा एमालेले पूरा नगरेको बताएका छन् ।

संयुक्त बाम लोकतान्त्रिक गठबन्धनले काभ्रेको पाँचखालमा गरेको चुनावी घरदैलो अभियानमा बोल्दै नेता सापकोटाले ओलीले घोषणापत्रमा लेखेको काम पूरा नगरी संसद् विघटन तिर लागेर राजनीतिक अस्थिरता निम्त्याएको बताए । कम्युनिष्ट पार्टीको नीति, सिद्धान्त, विचार र कार्यशैली विपरित ओली राजा महेन्द्र बन्न खोज्नु भयो, त्यसको परिणाम स्वरुप यो गठबन्धन बनाउनु परेको उनको भनाइ थियो ।

चुनावी घोषणापत्रमा अस्पताल बनाउने कुरा छ । नगरपालिकाहरूमा ५० र गाउँपालिकामा २५ शैयाको अस्पताल हुनेछ भनिएको थियो । शिक्षामा सुधार गरिनेछ । रोजगारी सिर्जना गरिने छ भनी उल्लेख गरिएको छ । तर यो पाँच वर्षमा के कति काम पूरा भए भनी भोट माग्न आउने उनका उम्मेदवारलाई प्रश्न गर्न जनतासँग अपिल गरेका छन् ।

Advertisement

उनले भने,‘गठबन्धनको विरोध गरिरहेका ओली आफै लिङदेन र थापासँग मिलेर चुनाव लडिरहेका छन ।’ हिजो ओलीले झापाको चुनावी सभामा बोलेको कुरालाई संकेत गर्दै भने,‘ओली राप्रपालाई ठुलो पार्टी बनाउनुपर्छ भनिरहेका छन । कम्युनिष्ट पार्टीको दुई तिहाइ सरकार हुँदा त उनी निरंकुश भए तर लिङ्देनसँग साँठगाँठ गरेर देशलाई बर्बादीको बाटामा उन्मुख गराउँदै छन्।’