November 10, 2026, Tuesday
२०८३ कार्तिक २५
1:37:26 pm

एकीकृत समाजवादीको भेटघाट तथा चियापान कार्यक्रमसँगै चुनावी अभियान सुरु

२०७९ कार्तिक १८

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) काठमाडौं निर्वाचन क्षेत्र नं. १ ले भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार बिहान गठबन्धन अन्तर्गत काठमाडौं ४ (१) अन्तर्गतका प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारहरूलाई सहभागी गराई भेटघाट तथा चियापान कार्यक्रम गरेको हो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका प्रतिनिधि सभा तर्फका समानुपातिक उम्मेदवार सिता श्रेष्ठ (शाक्य)र प्रदेशसभा तर्फका समानुपातिकका उम्मेदवार धरणीधर अधिकारीको उपस्थिति थियो । चियापान कार्यक्रमलाई गठबन्धनका प्रत्यक्ष तर्फका उम्मेदवार गगनकुमार थापाले प्रतिगमनलाई परास्त गर्न र मुलुकको भाग्य भविष्य निर्माणको लागि गठबन्धनले जित्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य उम्मेदवार श्रीराम लामिछाने, नेकपा एसका काठमाडौं अध्यक्ष एलपी श्रेष्ठ नेकपा माओवादीका समानुपातिक तर्फका उम्मेदवारहरू सहित नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो । चियापान कार्यक्रम पछि ९ बुँदे प्रतिवद्धतासहित गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा सहितको टोलीले घर दैलो कार्यक्रम शुरु गरेको छ ।

Advertisement

राजनीतिक दलहरूले बिहीबारदेखि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै जुलुस, आमसभा र कोणसभा गर्न पाउने भएसँगै घरदैलो कार्यक्रमलाई तीव्र बनाइएको हो । थापाले सहितको उम्मेदवारहरूको टिमले काठमाडौंको चाबहिलस्थित गणेशथानको मन्दिरमा पुजाआजा गरेर कार्यक्रम मार्फत चुनावी प्रचार प्रसार अभियान सुरु गरेको हो ।