काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ । मंगलबार निर्वाचन आयोगको कार्यलयमा पुगेर निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले दल दर्ताको निवेदन दिएका हुन् ।
राष्ट्रिय सभाको निर्वाचनका लागि ९३९ दर्ता नम्बर प्राप्त भएको र प्रतिनिधि सभा निर्वाचनका लागि भने ९७१ नम्बरमा दर्ता भएको एमालेले जनाएको छ । समग्र दल दर्ता क्रमांक ६६औँ रहेको छ।
प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रयोजनका लागि यही मंसिर १० गतेसम्मको समयसीमा तोकिएको छ।
नेकपा एमाले प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालत पुगेको छ।