November 8, 2026, Sunday
२०८३ कार्तिक २२
1:37:26 pm

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको महाधिवेशनको उद्घाटन अध्यक्ष ओलीले गर्नेछन्।

मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिने र त्यही पालालाई रिमोटद्वारा बालेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने तयारी गरिएको बताइएको छ ।

उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका विभिन्न १६ वटा पार्टीको अध्यक्ष र प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ ।

Advertisement

उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने बताइएको छ भने उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा २०० भन्दाबढी कला, संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिने तयारी गरिएको छ ।

शान्तिपूर्ण भयरहित वातावरणमा महाधिवेशन सम्पन्न गर्न भन्दै एमालेले २४ वटा जनसङ्गठनको प्रतिनिधित्व रहने गरी ५०० बढी स्वयंसेवक ‘ड्रेसकोड’मा खटिने जनाइएको छ । जनसेवालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन १० हजार तालिम प्राप्त स्वयंसेवक परिचालन गरिने तयारी गरिएको छ ।