August 26, 2026, Wednesday
२०८३ भाद्र १०
1:37:26 pm

कुलमानले जुन थालमा खायो त्यसैमा प्वाल पार्न खोजेका छन्, बुद्धि फिरोस्: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘बैगुनी’ को संज्ञा दिएका छन् ।

शनिबार वीरेन्द्रनगरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दैप्रचण्डले लोडसेडिङ अन्त्यको जस कुलमानले मात्र लिन खोजेको र आफूलाई नियुक्त गर्ने नेतृत्वलाई बिर्सेको आरोप लगाएका हुन् ।

‘दोस्रो पटक प्रधानमन्त्री हुँदा हामीले लोडसेडिङबाट आक्रान्त भएको नेपाललाई लोडसेडिङ मुक्त नेपाल बनाउने ऐतिहासिक कार्य त हामीले पूरा गरेकै हो । यसलाई नराम्रो त कसैले भन्न सक्दैन, उनले भने— ‘भलै अहिले कुलमान घिसिङले कुन विष खाएर, जुन थालमा खायो त्यसैमा प्वाल पार्न खोजेका छन्, तिनले त्यसो नगरुन्, बुद्धि फिरोस् भन्न चाहन्छु ।’

Advertisement

कुलमानलाई प्राधिकरणमा आफूले टिपेर ल्याएको दाबी गर्दै प्रचण्डले आक्रोश व्यक्त गर्दै भने, ‘मलाई जनताले बनाएको भन्ने कुरा, दुई–दुई पटक प्रधानमन्त्रीको हैसियतले मैले टिपेर ल्याएर यो मान्छे राम्रो छ भनेर गरेको कुरा र उसले पहिला–पहिला प्रचण्डले हो मलाई बनाएको भनेको कुरा बिर्सेर अहिले लाज मर्नु…म योभन्दा बढी भन्दिनँ बिचरा ।’