काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ ।
केन्द्रीय कमिटी बैठकले तत्काल गर्नुपर्ने कामको बारेमा निर्णय गर्ने बताइएको छ ।
बैठकले नवनिर्वाचित केन्द्रीय कमिटी पदाधिकारीहरूका बीचमा जिम्मेवारी बाँडफाँट लगायतको विषयमा पनि छलफल गर्ने तयारी रहेको पनि बताइएको छ ।
११औँ महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा नयाँ नेतृत्वको टिम निर्माण गरेको छ ।