काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग एमालेका युवा नेता सुहाङ नेम्बाङले भेटवार्ता गरेका छन् । इलाम–२ का निवर्तमान सांसद तथा एमालेका केन्द्रीय सदस्य नेम्बाङ नेतृत्वको एक प्रतिनिधिमण्डलले सिंहदरबारमा प्रधानमन्त्रीसँग भेटवार्ता गरेको हो ।
भेटमा नेता नेम्बाङले इलाममा बाढीपहिरोका कारण क्षतिग्रस्ता राजमार्ग र पुल पुनःनिर्माणमा तदारुकता देखाउनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
प्रधानमन्त्री कार्कीले हालै भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले स्थलगत अवलोकन निरीक्षण गरी फर्किएको र यस विषयमा सरकार गम्भीर रहेको जानकारी दिएकी थिइन् ।
सो अवसरमा प्रधानमन्त्री कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएकी छन् ।
नेम्बाङले प्रधानमन्त्री कार्कीलाई चुनाव गराउन सफलता मिलोस् भनेर शुभकामना पनि दिए ।