काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष सुमन सायमी नेतृत्वको समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ ।
बुधबार दिउँसो राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबिच सायमी नेतृत्वको समूह नेकपामा समाहित भएको हो ।
सायमी समूह र नेकपाबिच सडक तथा खोला मापदण्ड समस्या समाधान एवं सहकारीपीडित समस्या समाधानसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।