August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके देश फेरि पनि दुर्घटनामा पर्न सक्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके फेरि पनि देश दुर्घटना पर्न सक्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा एमाले जिल्ला समिति ओखलढुंगाका नेताहरूलाई नेकपा प्रवेश गराउँदै उनले भने, ‘देश अझैं संकटमा छ । दुर्घटना अब पुरै टरिसक्यो भन्ने पनि छैन । बलियो राष्ट्रिय शक्ति निर्माण गर्न सकिएन भने, दह्रो एकता जनताको पैदा गर्न सकिएन भने फेरि पनि दुर्घटना हुन सक्छ ।’

प्रचण्डले देशलाई दुर्घटनाबाट बचाउन अरुको मुख ताक्नुपर्ने स्थिति नभएको पनि बताए ।

Advertisement

वामपन्थी, कम्युनिस्ट र राष्ट्रवादी शक्तिहरूलाई एकै ठाउँमा ल्याउने अभियानको सुरुवात गरेको धारणा राखे । राष्ट्र संकटमा रहेकाले वामपन्थीहरू एकताबद्ध हुन उनले आह्वान समेत गरे ।