August 26, 2026, Wednesday
२०८३ भाद्र १०
1:37:26 pm

लेखक तथा विश्लेषक युग पाठक नेकपा प्रवेश

काठमाडौं । लेखक, नागरिक अभियन्ता तथा राजनीतिक विश्लेषक युग पाठक नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । पाठकलाई नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरूले आज बिहान पाठकलाई खादा लगाइदिँदै पार्टीमा स्वागत गरेका हुन् ।

स्वागत कार्यक्रममा संयोजक दाहालसहित सहसंयोजक माधवकुमार नेपाल, नेताहरु बेदुराम भुसाल, रञ्जिता श्रेष्ठ, पम्फा भुसाल र गंगा दाहाल लगायतको सहभागिता थियो ।

पाठकलाई पार्टीमा स्वागत गर्न पाउँदा खुसी र गर्व महसुस भएको प्रचडले बताए । यस्तै, सहसंयोजक नेपालले बधाई दिए ।

Advertisement

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा पाठकले झापा–५ मा पुतली चिह्नबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

पाठकको उपन्यास ‘उर्गेनको घोडा’ र गैरआख्यान ’मांगेना: नेपाल मन्थन’ प्रकाशित छन् ।