November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

अहिले स्टन्ट मच्चाएको भरमा जनताको दिमाग चाट्ने काम भइरहेको छ: प्रचण्ड

काठमाडौं । नेपाली कम्युष्टि पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानम्रन्त्री पुष्पकमल दाहाल प्रचण्डले घण्टी बजाएको भरमा, सोसल मिडियामा लेखेको भरमा केही नहुने बतएका छन् ।

चुरे भावर पार्टीलाई आफू संयोजक रहेको हालको दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समायोजन गर्न मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले नयाँ उदाएका शक्तिलाई स्टन्ट गरेका भरमा लोकप्रिय भइरहेको, घण्टी बजाएको भरमा, सोसल मिडियामा लेखेको भरमा केही नहुने उनले बताएका हुन् ।

प्रचण्डले यस्ता शक्तिलाई अघि बढाउन देशीविदेशी शक्तिले ठूलो लगानी गरेको आरोप समेत लगाए ।

Advertisement

उनले भने, ‘इतिहास, विचार, राजनीतिक मूल्यमान्यतामा आधारिक आन्दोलनलाई संगठित गर्ने आवश्यकता महसुस भएको छ, नत्र त स्टन्ट गरेकै भरमा पपुलर हुने र त्यस्तालाई नै प्रमोट गर्न देशीविदेशी शक्तिहरूले ठूलो लगानी गरेको तपाईं हामीले देखेका छौं । अहिले राजनीतिमा सिद्धान्त र विचारको खडेरी देखा परेको छ । सोसल मिडियामा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भइरहेको छ ।’

उनले बालेनको नाम नलिइकन घण्टी बजाउँदै मतदाताको मन खिच्न खोजे पनि समाधान नदिने बताए ।

प्रचण्डले थपे, ‘घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन । अहिले यहाँ सिद्धान्तको खडेरी, विचारको खडेरी सोसल मिडियामा स्टन्ट मच्चाएको भरमा नेपाली जनताको दिमाग चाट्ने काम भइरहेको छ । त्यसैले वैचारिक आन्दोलनलाई झन् बढी संगठित गर्नुपर्छ ।’