November 8, 2026, Sunday
२०८३ कार्तिक २२
1:37:26 pm

प्रधानमन्त्री शाहले नैतिकताको आधारमा राजिनामा दिनुपर्छ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । शुक्रबार वक्तव्य जारी गर्दै साम्पाङले प्रधानमन्त्रीले संसदको मर्यादा र संसदीय अभ्यासको बेवास्ता गरेको कारण नैतिकताको आधारमा राजिनामा दिनुपर्ने बताएा हुन् ।

प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रम प्रस्तुतिका क्रममा संसदप्रति गैरजिम्मेवार व्यवहार देखाएको उनको दाबी छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पढिरहेका बेला प्रधानमन्त्री संसदबाट बाहिरिएको, त्यसपछि सभामा नफर्किएको तथा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा समेत अनुपस्थित रहेको, प्रतिपक्षले उपस्थितिको माग गर्दा पनि संसद्मा नआएको र आफ्नै कार्यालयबाट संसदका गतिविधि लाइभ हेरेर बसेको उल्लेख गरेका छन्।

Advertisement

वक्तव्यमा राईले प्रश्न गरेका छन्, ‘जनताको सार्वभौम सदनलाई अपमान गरेर त्यही संसदबाट चुनिएको प्रधानमन्त्रीले कुन नैतिकताको आधारमा आफूलाई प्रधानमन्त्री ठानिरहेको छ ?’

उनले प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नको जवाफ दिनुपर्ने संसदीय परम्पराको समेत बेवास्ता गरेको उल्लेख गर्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्दा लोकतन्त्र सम्मानित हुने बताएका छन् ।