काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई सदनप्रति जबाफदेही बनाउन आफूहरूको विरोध आगामी दिनमा पनि निरन्तर हुने बताएका छन्।
बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले त्यसका लागि आफूहरू निलम्बन हुन पनि तयार रहेको बताएका हुन् ।
सरकारलाई प्रश्न गर्न नदिनेगरि सभामुखले गरेको रुलिङको समेत आफूहरूको विरोध रहेको साम्पान्हले बताए । उनले सार्वभौम संसद र संसदको विधि–विधानका लागि निलम्बन हुन तयार रहेको धारणा राखे ।
सुकुम्वासी, लिपुलेक, विदेशी ऋण लगायत आफूहरूका धेरै प्रश्नको जवाफ नआएकाले विरोध जनाउनुपरेको उनले बताए । उनले जनताको प्रश्नकोp गरे ।