August 26, 2026, Wednesday
२०८३ भाद्र ११
1:37:26 pm

बाबुराम भट्टराईले प्रतिपक्षी दलले वैकल्पिक सरकार बनाउनल नसक्नु विडम्बना बताय

काठमाडौं– जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रतिपक्षी दलले वैकल्पिक सरकार बनाउनल नसक्नु विडम्बना भएको बताएका छन्। 

अदालत, संसद, मिडिया, आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्ने उनको भनाइ छ। उनले सामाजिक सन्जालमार्फत यसमा किन चुकियो भन्दै सबैले आत्मसमीक्षा गर्नु पर्ने बताएका छन्। 

अहिलेको आवश्यकता महामारीबाट जनतालाई राहत दिन सक्ने नेतृत्व हुनुपर्नेमा ओलीको विकल्प दिन नसक्नु विडम्बना भएको उनको भनाइ छ।

Advertisement

‘जनतालाई कोरोना आतंकबाट राहत दिन सक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ,’ भट्टराई सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘सिद्धान्तहीनता, खुराफात, किनबेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुनः चतुर साबित भएका छन्।’