August 31, 2026, Monday
२०८३ भाद्र १६
1:37:26 pm

आज प्रदेशको बजेट सार्वजनिक हुँदै

काठमाडौं–  सातै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७८/८९ को बजेट सार्वजनिक गर्दै छन्। यसअघि सबै प्रदेशले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरिसकेका छन्। असार १ गते बजेट ल्याउनैपर्ने संवैधानिक प्रावधानअनुसार सबै प्रदेशले आजै बजेट ल्याउन लागेका हुन्।

सबै प्रदेशको नीति तथा कार्यक्रममा कोरोना (कोभिड–१९) महामारी नियन्त्रण, संक्रमितको उपचारलगायत स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ। देशका अधिकांश क्षेत्र महामारीको चपेटामा परेकाले बजेटको प्राथमिकता सोहीअनुसार हुनेछ।

केन्द्रले प्रदेशलाई समानीकरणमा ५७ अर्ब ९५ करोड ४८ लाख, सशर्तमा ३५ अर्ब ८७ करोड ३१ लाख, विशेषमा चार अर्ब १५ करोड, समपूरकमा पाँच अर्ब ७२ करोड ४६ लाख गरी जम्मा एक खर्ब तीन अर्ब ७० करोड २५ लाख रकम छुट्याएको छ।

Advertisement

यसका अतिरिक्त राजस्व बाँडफाँट र रोयल्टी बाडँफाँटबाट पनि प्रदेशलाई रकम जाने व्यवस्था गरिएको छ। यसैगरी प्रदेशको आफ्नै स्रोतबाट पनि राजस्व परिचालन हुन्छ।