August 27, 2026, Thursday
२०८३ भाद्र १२
1:37:26 pm

बागमती प्रदेश सभाको बर्खे अधिवेशन आह्वान

काठमाडौं । बागमती प्रदेश सभाको बर्खे अधिवेशन आह्वान गरिएको छ । ३१ वैशाखमा गर्ने गरी अधिवेशन आह्वान गर्न सिफारिस गरिएको हो।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा योजनामन्त्री गंगानारायण श्रेष्ठका अनुसार बिहीबार हेटौँडामा बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले वैशाख ३१ गते दिउँसो १ बजेका बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले बर्खे अधिवेशन आह्वान गर्ने मन्त्री श्रेष्ठले जानकारी दिए ।

Advertisement