November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

मधेश प्रदेशबाट गठबन्धनकी उर्मिला अर्याल विजयी

काठमाडौं । मधेश प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा सत्तारुढ गठबन्धनकी उर्मिला अर्याल विजयी भएकी छिन् । अर्याल ६ हजार १ सय ५६ मत प्राप्त गरी विजयी बनेकी हुन् ।

माओवादी केन्द्रकी अर्याल महिलातर्फबाट उम्मेदवार रहेकी थिइन् । एमाले–लोसपा गठबन्धनकी उम्मेदवार रुपाकुमारी यादवले २ हजार ७५४ मतभार पाइन् ।

मतदानमा प्रदेशतर्फ ३ र स्थानीय तहतर्फका १६ मतदाताको मत बदर भएको थियो ।

Advertisement