August 31, 2026, Monday
२०८३ भाद्र १५
1:37:26 pm

सङ्गठन बिस्तारमा व्यस्त जसपा

२०७८ कार्तिक १७

धरान । जनता समाजवादी पार्टी नेपालको केन्द्रिय योजना अनुरुप सुज अभियान अन्तर्गत विभिन्न ठाउँहरुमा संगठन बिस्तार तथा गठन पुनर्गठनलाई तिब्र गतिमा अगाडि बढाईएको छ ।

यसै क्रममा मंगलबार धरान–२० बिष्णुपादुका स्थित रमणीय स्थान चिन्डे डाडामा एक भेला मार्फत पार्टी प्रवेशसँगै नयाँ वडा कमिटी गठन सम्पन्न भएको छ ।

उक्त भेलामा २० जना नयाँ प्रवेश गरेका थिए भने नव प्रवेशी र पुरानाबाट जित कुमार अध्यक्ष, रुपेन्द्र राई उपाध्यक्ष, जीवन राई सचीव, सनमन राई सह–सचीव र एलिना हाङ्खिम कोषाध्यक्ष रहनेगरी १३ सदस्यीय वडा कमिटी गठन भएको छ ।

Advertisement

जसपा नगर अध्यक्ष ताजुब लिम्बूको संयोजकत्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य जेन्टल लावती, लिम्बुवान राष्ट्रिय समिति सदस्य नगेन्द्र पारघारी, नगर नेताहरु लक्ष्मी राई, सुमन चेम्जोङ, प्रेम राई, मिलन राईसँगै नेपाली समाज सिंगापुरका सल्लाहकार सन्देश राईको उपस्थिति रहेको थियो ।