November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

रवि लामिछानेको सांसद पद अयोग्य भन्दै दायर गरेको रिट खारेज

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको प्रतिनिधि सभा सदस्य पद अयोग्यता सम्बन्धी रिट खारेज भएको छ ।लामिछानेको सांसद पद अयोग्यताको बारेमा युवराज पौडेल ‘सफल’ले सर्वोच्चमा दायर गरेको रिट खारेज भएको हो।

बुधबार प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल रहेको संवैधानिक इजलासमा सुनुवाई भएको थियो ।

उक्त रिटमा रिट निवेदकको तर्फबाट डा. सुरेन्द्र भण्डारी, स्वागत नेपाल लगायतले बहस गरेका थिए ।

Advertisement